राप्रपालाई संसदीय समितिको एउटा सभापति दिने सत्ता गठबन्धनको निर्णय


१० भाद्र २०८०, आईतवार
satta gathbandan BWVNS9iJXs

काठमाडौँ । सत्ता गठबन्धनले राप्रपालाई एउटा संसदीय सुनुवाइ समितिको सभापति दिने निर्णय गरेको छ । राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने मोटामोटी सहमति भएको जानकारी दिएका छन् ।

‘एक समितिको सभापति हामीलाई दिने भनेर मोटामोटी सहमति भएको छ । संसदीय सुनुवाइ विशेष समिति दिने भन्ने कुरा आएको छ । त्यो पाएको खण्डमा पशुपति शमशेर राणा ज्यूले नेतृत्व गर्नु हुन्छ’, उनले भने । समितिमा राप्रपाबाट राणाको एकल उपस्थिति रहेको छ ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो । कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिबाहेका समितिको सभापतिमा मात्रै उम्मेदवार टुंग्याएको छ । कांग्रेसबाट संसदीय सुनुवाइ समितिको उम्मेदवारको रुपमा सांसद जीवन परियारको नाम चर्चामा थियो । तर, उनले आफू सभापतिको उम्मेदवार नरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७