नेकपा एसनिकट अनेरास्ववियूको अध्यक्षमा आरती महासचिवमा महेश


१० भाद्र २०८०, आईतवार
Arati Lama

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्। काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो । लामा यसअघि अनेरास्ववियूकी महासचिव थिइन्।

यसैगरी महासचिवमा महेश श्रेष्ठ चयन भएका छन् । लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो । योसँगै अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका छन् । यसैगरी अध्यक्ष पराजुलीसँगै सहअध्यक्ष वसिम आलमले पनि विदा दिएका छन् ।

एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७