तस्करीको जालो तोड्ने काम यहिं रोकिँदैन : प्रधानमन्त्री

‘देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण अनिवार्य’


१२ भाद्र २०८०, मंगलवार
Prachanda 2 2

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

Prachanda 3 1

आज (मंगलबार) बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य शर्त भएको बताए । प्रशिक्षणमा प्रधानमन्त्रीले भने, ‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ ।

यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ ।’ नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ भन्दै उनले यो यहीँ नरोकिने बताए । उनले भने, ‘भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।’

प्रचण्डले परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न नसक्ने भन्दै यसमा गुणात्मक रूपान्तरण जरूरी रहेको बताएका छन् । उनले भने, ‘असफल भएको विकास मोडललाई हामी सधैँ बोकेर हिँड्न सक्दैनौं । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौं ।’

Prachanda 1 2

‘नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको छ । त्यसको नतिजा क्रमशः आउने छन्’, प्रचण्डले भने, ‘कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छट्पटी सुरू भएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईंहरूले जनताको बीचमा लैजानुस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७