निजगढ विमानस्थल निर्माणको प्रारम्भिक चरणको काम अघि बढाइएको छ : प्रधानमन्त्री


१२ भाद्र २०८०, मंगलवार
Prachanda 2 3
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भिक चरणको काम अघि बढाइएको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा उनले सो आयोजनाका लागि यो वर्ष ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । सांसद ऋषिकेश पोखरेलको प्रश्नमा उनले रािष्ट्रय गौरवका आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका हुन् ।

उनले हुलाकी मार्गको डीपीआर निर्माणमा ढिलाइका कारण तीन वर्षभित्र कार्य सम्पन्न गर्ने नयाँ ‘टार्गेट सेट’ गरिएको जानकारी दिए । उनले लुम्बिनी विकास परियोजनाको ८८ प्रतिशत तथा पशुपति क्षेत्र विकासको भौतिक प्रगति ६६ प्रतिशत भइसकेको उल्लेख गरे । ‘हालसम्म १४ वटा राष्ट्रिय गौरवको आयोजनाको काम ८० प्रतिशतमाथि, पाँच वटाको ५० देखि ८० र सातवटाको ५० प्रतिशत काम सम्पन्न भएको छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७