बाबरको कीर्तिमानी शतकमा पाकिस्तानले दियो नेपाललाई ३४३ रनको विशाल चुनौती


१३ भाद्र २०८०, बुधबार
babar azam MaE8gf1Tzd

काठमाडौं । कप्तान बाबर आजम र इफितखार अहमदको विष्फोटक ब्याटिङमा एसिया कपमा पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३४२ रनको योगफल बनाएको हो । नेपालले ओडिआइमा पाएको यो सबैभन्दा विशाल लक्ष्य हो ।

पाँचौं विकेटका लागि कप्तान बाबर र अहमदले २१४ रनको साझेदारी गरेपछि नेपालसामु विशाल योगफल तयार पारेको हो । बाबरले १३१ बलमा १४ चौका र ४ छक्का हान्दै १५१ रन बनाउँदा सोमपाल कामीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए । बाबरले नेपालविरुद्ध आडिआइ करियरको १९ औं शतक पूरा गरे । नेपालविरुद्ध इफ्तिखार अहमदले १०९ रनमा नटआउट रहे । अहमदले ७१ बलमा ११ चौका र ४ छक्का हाने । अहमदले आफ्नो ओडिआइ करियरको पहिलो शतक पूरा गरेका हुन् । अहमदले ६७ बलमा १० चौका र ४ चौका मद्धतमा शतक पूरा गरेका थिए ।

तेस्रो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासेका थिए । रिजवान २४ औं ओभरको चौथो बलमा सन्दीप लामिछानको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट ४४ रनमा रन आउट भए । सोमपाल कै बलमा सघाव खान ४ रनमा बोल्ड आउट भए ।

पाकिस्तानविरुद्ध सोमपाल कामीले दुई विकेट झारे । करण केसी र सन्दीप लामिछानले समान एक विकेट लिए । सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए । करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए । सोमपालले सातौ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गराउँदै नेपाललाई लगातार दोस्रो सफलता दिलाएका थिए । मध्यम सुरुआत गरेको नेपालले बाबर र अहमदको साझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको हो ।

ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तान सामु कमजोर फिल्डिङ गरेको नेपालले मध्यम सुरुआत गरेपनि साझेदारी तोड्न नसक्दा दबाबमा आएको थियो । नेपालका ललित राजवंशीले आफ्नो स्पेलमा ४८ रन दिए । सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर एक विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडन राख्दै ८५ रन दिदा २ विकेट लिए । गुलसन झाले ४ ओभरमा ३५ र कुशल भुर्तेलले १ ओभरमा १० रन खर्चिन पुगे। दिपेन्द्र सिंह ऐरिले ६ ओभरमा ४० रन दिदा करण केसीले ९ ओभरमा ५४ रन दिएर १ विकेट आफ्नो नाममा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७