पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै


२८ भाद्र २०८०, बिहीबार
Kalopatre lokmarga nuwakot xahare khanda
फाइल फोटो

दाङ । पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो ।

दाङको ऐतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलोमिटर रहेको छ । तीमध्ये १२ किमीमा कालोपत्र र बाँकी रहेको सात किमीमा मर्मत गरिने लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । सोही सडकका लागि रु २८ करोड बजेट आएको छ । सोहीअनुसार कामको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए ।

‘माथिल्लो सडक बिग्रिँदा आवतजावतमा निकै समस्या हुने गरेको छ, सबैले यो सडक स्तरोन्नतिको माग पनि गर्नुभएको छ’, उनले भने, ‘त्यसैले यो सडक स्तरोन्नतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’ उक्त सडकले तुलसीपुरको गहतेखोलादेखि हापुरे जोड्छ । साथै सोही सडकमा पर्ने तीन खोलामा पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाउँदै त्यसका लागि सर्भेको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए । उनले समयमै काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७