महिलाको विषयमा विवाद हुँदा साथीको हत्या


१ आश्विन २०८०, सोमबार
death
सांकेतिक तस्वीर

लुम्बिनी । स्थानीय युवाहरु बीच सामान्य विवाद हुँदा कुटपिट एक जना युवकको हत्या भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा हिजो राति साढे १२ः३० बजेको समयमा युवकमाथि कुटपिट भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।

तीजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरुबीच विवाद भएको थियो । त्यही विषयलाई लिएर भएको झगडाले उग्ररुप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिए । हत्याको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर प्रहरीले थप विवरण खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७