नारायणी नदीमा डुबेर दाजु–भाइको मृत्यु


१ आश्विन २०८०, सोमबार
Narayani River chitwan

नवलपरासी । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको ज्यान गएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर ज्यान गएको हो ।

आज सोमवार दिउँसो नारायणीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन र नौ वर्षीय सङ्गमको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए । नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७