एशियाड महिला फुटबलमा आज नेपालले भियतनामसँग खेल्दै


५ आश्विन २०८०, शुक्रबार
Women Football Nepal 19th Asian Games

काठमाडौँ । १९औं एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज (शुक्रबार) पहिलो खेल खेल्दै छ । चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो ।

यस्तै, नेपालले असोज ८ मा जापानसँग र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल जापान र भियतनामसँगै समूह ‘डी’ मा रहेको छ । जापान विश्वकप विजेता टोली हो । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् ।

381408895 297670419687995 3965323075587932047 n NcUQmKDoUR

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाली महिला टोलीले एसियाडलाई एक्सपोजर लिने अवरको रुपमा लिएको छ । नेपालले यसअघि भियतनासँग दुई पटक खेलेको छ । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७