नेपाल क्रिकेट संघको चुनाव आज, को–को छन् प्रतिष्पर्धामा ?


६ आश्विन २०८०, शनिबार
Can Election

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आज (शनिबार) चुनाव हुँदैछ । साधारण सभा तथा बन्द सत्र हिजो सकिएसँगै आज चुनाव हुन लागेको हो ।

दिउँसो १२ बजेपछि मतदान प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा लड्ने छन् ।

क्यानको चुनावमा ८५ मत रहे पनि प्रतिनिधि विवादका कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसंख्या ८४ रहेको छ । कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७