इराकको विवाह समारोहमा आगलागी, कम्तीमा एक सय जनाको मृत्यु


१० आश्विन २०८०, बुधबार
131263071 gettyimages 1691117532 woaZfM4Oro

निनेभ । उत्तरी इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको छ भने १५० जना बढी घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार दुलहा र दुलही समेत घटनामा पीडित बनेका छन् ।

निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति यो घटना भएको बताइएको छ । के कारणले आगलागी भएको भन्ने यकिन नभए पनि प्रारम्भिक रिपोर्टमा आतिशबाजी पछि आगलागी सुरु भएको उल्लेख छ । इराकी समाचार एजेन्सी निनाले दर्जनौं अग्नि नियन्त्रकहरू आगलागी नियन्त्रणमा खटिएको तस्बिर सार्वजनिक गरेको छ । भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो । इराकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन् । सो क्षेत्रका गभर्नरले मृतक र घाइतेको यकिन संख्या आइनसकेको र यो संख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७