भुटानलाई ‘टाइब्रेकर’ मा हराउँदै पाकिस्तान फाइनलमा


१० आश्विन २०८०, बुधबार
Bhutan paki 2

काठमाडौं । भुटानलाई ‘टाइब्रेकर’ मा ६–५ गोल अन्तरले हराउँदै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आज (बुधबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित समय गोलरहित बराबरीमा समाप्त भएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउट भएको हो । पेनाल्टीमा पाकिस्तानका लागि मोहम्मद आदील युनस, शाह जहन, अलिज अफर, फुर्सीद आलम, मोहम्मद सदाम र कमिल अहमद खानले गोल गरे ।

Bhutan paki 1

भुटानका किन्जाङ तेन्जिङ, जिग्मे नाम्गेल, रिन्जिन डोर्जे, युगेन डोर्जे र पेमा जाङ्पोले गोल गरेका थिए । तर, छैटौं प्रहार गर्न आएका छिरिम पेल्जाङको प्रहार भने साहिल गुलले बचाएपछि पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । पाकिस्तान समूह ‘ए’ र भुटान समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् । पाकिस्तानले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७