नेपालविरुद्ध पहिले व्याटिङ गर्दै भारत


१६ आश्विन २०८०, मंगलवार
ga17hv4tcugyfeuglunz wojAoSdheq

काठमाडौँ । १९ औं एशियाली खेलकुदको क्रिकेटमा आज (मंगलबार) नेपाल र भारत भिड्दै छन् । नेपाल र भारतबीचको क्वार्टर फाइनल खेल चीनको हान्झाउमा नेपाली समय अनुसार बिहान पौने ७ बजे शुरु हुनेछ ।

नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गर्नेछन् । नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराउँदै क्वार्टर फाइनलमा पुगेको हो भने भारतले सिधै क्वार्टर फाइनल खेल्न लागेको हो । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

आजको खेलमा भारतले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अभिनाष बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् ।

मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो । कुशल मल्लले ३४ बलमै शतक र दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर कीर्तिमान कायम गरेका थिए । भारतले एक दिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

नेपाल र भारतले यसअघि एसिया कप क्रिकेटमा एक दिवसीय खेल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो । त्यस्तै, समूह ‘बी’ बाट क्वार्टर फाइनलमा पुगेको हङकङले पाकिस्तानसँग खेल्दैछ । यो खेल आज बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘सी’ बाट क्वार्टर फाइनलमा पुगेको मलेसिया र बङ्लादेश तथा सिधै क्वार्टर फाइनलमा पुगेका श्रीलङ्का र अफगानिस्तानबीच भोलि खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७