अर्थतन्त्रको समस्या समाधान गर्न ‘मेजर अप्रेसन’ काे खाँचाे छ : प्रधानमन्त्री


२५ आश्विन २०८०, बिहीबार
pm 3 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले, नीति कार्यक्रम, बजेट निर्माण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले टालटुले तरिकाले अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नभएको भन्दै यसको सन्दर्भमा एउटा मेजर अपरेसनतिर जाने सोंच बनाएको बताए ।

उनले भने, ‘अर्को वर्ष नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्याको सामना गर्ने सन्दर्भमा ‘बोल्ड’ निर्णय गर्नुपर्ने छ । मैले सरकारको कार्यकारी प्रमुखको हैसियतले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यका सन्दर्भमा, हामीले अपनाउँदै आएका नीतिका सन्दर्भमा एउटा मेजर अप्रेसनतिर जाने सोच बनाएको छु । टालटुले तरिकाले सुधारका सामान्य कुराले अहिलेका समस्याको समाधान हामीले दिगो रुपमा गर्न सम्भव छैन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७