नेपाल फर्किन इजरायलको तेल अभिभ विमानस्थलमा २५० विद्यार्थी जम्मा (तस्वीरहरु)


२५ आश्विन २०८०, बिहीबार
tel aviv 1

काठमाडौं । युद्धग्रस्त इजरायलबाट नेपाल फर्किनका लागि २५० जना विद्यार्थी तेलअभिभस्थित बेन गुरिन विमानस्थलमा जम्मा भएका छन् । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि द्वन्द्वमा फसेको उक्त क्षेत्रबाट नेपाल फर्किन चाहने नेपालीहरू विमानस्थलमा भेला भएका हुन् ।

tel aviv 2

गएको शनिबार हमासको आक्रमणमा परेर घाइते तीन जना नेपाली भने अस्पतालमै उपचाररत छन् । उनीहरू विमानस्थल पुगेका छैनन् । नेपाली विद्यार्थीहरूको उद्धारका लागि इजरायल गएको नेपाल वायु सेवा निगमनको जहाज आजै स्वदेश फर्किने भएको छ । इजरायलमा रहेका नेपालीहरूलाई ल्याउन परराष्ट्रमन्त्री आफैं जहाज चढेर इजरायल प्रस्थान गरिसकेका छन् ।

tel aviv 2 1

जहाजले नेपाली समय अनुसार बिहीबार बिहान १०ः४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ । जहाज बिहीबार राति सवा ९ बजेपछि त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जाहाजले स्वदेश लिएर आउनेछ । परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक जोशीका अुनसार अब विमान इजरायलमा स्थानीय समयाअनुसार बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण गर्नेछ । जहाज त्यहाँ दुई घण्टा बस्नेछ ।

tel aviv 3

त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ । त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ । हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो । इजरायलबाट स्वदेश फर्किन ३५० नेपाली नागरिकले नाम टिपाएका छन् । पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यावसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ । तस्वीरहरु : सामाजिक सञ्जाल

tel aviv 4
israel nepali 250 3dXbPKT7uS 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७