तीन अमेरिकीद्वारा कुम्भकर्ण हिमाल आरोहण


२८ आश्विन २०८०, आईतवार
kumbhakarna himal

ताप्लेजुङ । तीन जना अमेरिकी नागरिकले ताप्लेजुङस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका हुन् ।

ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले सफल आरोहण गरेको कम्पनीका प्रबन्धक ओङ्मु शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुसार आरोहणका लागि गएका अन्य दुई जना भने आरोहण गर्न नसकी फर्किएका छन् । अमेरिकन नागरिकले पहिलो पटक यो हिमालको आरोहण गरेको जनाइएको छ ।

नेपाली समयअनुसार शनिबार बिहान ४ः२० बजे तीन जनाले सफल आरोहण गरेको शेर्पाले बताए । आरोहणका लागि जोखिम मानिने कुम्भकर्ण हिमालमा सफल आरोहण हुनुलाई उल्लेखनीय उपलब्धिका रूपमा लिइएको शेर्पाको भनाइ छ । यसअघि फ्रान्स र रुसका आरोहीले कुम्भकर्णको आरोहण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७