दसैंमा बोनस नपाएपछि चौधरी ग्रुपका मजदुरले कुटे व्यवस्थापक


३ कार्तिक २०८०, शुक्रबार
chaudhary9zpqvpcj18

काठमाडौँ । चौधरी ग्रुप (सिजी) ले दसैँको बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदूरहरुले कम्पनी व्यवस्थापनका अधिकारीहरुलाई कुटेका छन् । नवलपरासीको दुम्कौलीस्थित सिजी ब्रुअरीले दसैँ बोनस नबाँडेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

बुधबार बिहानदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरले रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए । तर यसका लागि व्यवस्थापन वार्तामा बस्न नचाहेको मजदूरहरुको दाबी छ । कम्पनीले नाफा कमाइरहे पनि बहानाबाजी गरेर बोनस नबाँडेको आरोप मजदूरहरुको छ । कम्पनीमा तीन सय बढी मजदूर छन् ।

सिजी ग्रुपले ब्रुअरीका कर्मचारीहरुले अनधिकृत माग गर्दै अधिकारीहरुलाई कुटपिट गरेको, अभद्र व्यवहार गरेको र औद्योगिक शान्ति खल्बलाएको बताएको छ । बिक्रीमा २५ प्रतिशत कमी आएको पनि कम्पनीको दाबी छ । मजदूरले कम्पनीका पाँच जना उच्च पदस्थ कर्मचारीलाई हातपात गरेको जनाइएको छ । उक्त सिजी ब्रुअरी नेपालका एक मात्र अर्बपति विनोद चौधरीको कम्पनी हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७