कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ : विदेशमन्त्री


७ कार्तिक २०८०, मंगलवार
s jaya shankar 1

काठमाडौं । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताएका छन् ।

‘क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ प्रगति भयो भने म स्वयं भिसाको समस्या पुनः सुरु गर्न चाहन्छु, यो चाँडै नै हुनुपर्छ भन्ने मलाई अपेक्षा छ’, उनले भने । मध्य सेप्टेम्बरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाको भूमिमा सिख नेता हरदीप सिंह निज्जरको हत्या पछाडि भारत सरकारको एजेन्टहरूको हात भएको आरोप लगाएपछि क्यानाडा र भारतबीचको सम्बन्ध तनावपूर्ण भएको छ ।

भारतले उक्त आरोपलाई अस्वीकार गर्दै ‘तर्कहीन र प्रेरित’ भनेको छ । दुवै मुलुकले आफ्ना नागरिकलाई एकअर्को देशको यात्रा गर्दा ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका साथै भारतले क्यानाडामा भिसा प्रशोधन केन्द्र सेवाहरू निलम्बन गरेको छ । गत साता क्यानाडाले क्यानाडाले ४१ कूटनीतिज्ञ र उनीहरूसँगै आएका ४२ आश्रितलाई भारतबाट फिर्ता बोलाएको थियो । भारत सरकारले उनीहरूको कूटनीतिक उन्मुक्ति खोस्ने धम्की दिएपछि क्यानाडाले उनीहरूलाई फिर्ता बोलाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७