नेपाली गायिका मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १५ मा, निर्णायकले गरे प्रशंसा


८ कार्तिक २०८०, बुधबार
Menuka poudel

काठमाडौँ । भारतको चर्चित गायन ‘रियालिटी शो’ ‘इण्डियन आइडल १४’ को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल छानिएकी छन् ।

सोमबार रातिको श्रृंखलामा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नाम समेत समावेश भएको छ । पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन् । उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँशु झारेका थिए । उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाउँदा गोल्डेन माइक समेत जितेकी थिइन् ।

सोमबारको प्रस्तुतिमा पनि निर्णायकहरूले उनको निकै प्रशंसा गरेका थिए । झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा र २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७