बिग बोसका विजेतासँग एक करोड फिरौती माग्ने पक्राउ


९ कार्तिक २०८०, बिहीबार
Alvis yadav oYq9B16WD7

काठमाडैं । बिग बोस ओटीटी सिजन–२ का विजेता एल्विश यादवलाई बोलाएर जबरजस्ती रकम माग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गुजरात प्रहरीको सहयोगमा गुरुग्राम प्रहरीले वडनगर निवासी शाकिर मकरानीलाई बिहीबार पक्राउ गरेको हो ।

मकरानीले एल्विश यादवबाट प्रभावित भएर पैसा कमाउनको लागि जबरजस्ती फोन गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । गुरुग्रामको सेक्टर ५३ प्रहरी चौकीमा दिएको उजुरीमा यादवले अक्टोबर १७ मा ह्वाट्सएप म्यासेजमार्फत आफूसँग एक करोड रुपैयाँ फिरौती मागेको उल्लेख गरेका थिए । यद्यपी यस विषयमा एल्विश यादवको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७