नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री कीर्तिपुरमा


१९ कार्तिक २०८०, आईतवार
F J2Tt1XcAAz7nL scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित टियु क्रिकेट मैदान पुगेका छन् । उनी आइसीसी टी–२० एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेल हेर्न त्रिवि मैदान पुगेका हुन् ।

उनी खेलाडीहरुको हौसला बढाउन त्यहाँ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि सुरु भएको खेलमा जितका लागि नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

दुबै टिमले आगामी वर्ष अमेरिका र बेष्ट इण्डिजमा हुने विश्वकमा स्थान बनाएका छन् । आज भने एसिया छनोटअन्तर्गतको खेलमा उपाधिका लागि दुई देशबीच प्रतिस्पर्धा भइरहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७