भूकम्पमा ज्यान गुमाएका १५७ जनाकै शव आफन्तले बुझे


१९ कार्तिक २०८०, आईतवार
Bhukampa death jajarkot 4 scaled

काठमाडौं । भूकम्पमा ज्यान गुमाएका १५७ जनाकै शव आफन्तले बुझेका छन् । शुक्रबार राति ११ः४७ जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट १५७ जनाको मृत्यु भएको हो ।

जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । सबै मृतकको शव आफन्तले बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ । यस्तै भूकम्पमा परी साढे २ सय बढी मानिसहरू घाइते भएका छन् ।

१४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन् । अझै ११० जना उपचाररत छन् । जाजरकोटमा घाइते भएका ६० जना विभिन्न अस्पतालमा उपचाररत छन् । यस्तै रूकुम पश्चिममा ४५ जना घाइते छन् । कतिपय घाइतेहरूलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७