सद्भाव बिगार्ने सामग्री हटाउन सरकारले माग्यो टिकटकसँग सहयोग


१९ कार्तिक २०८०, आईतवार
tiktok smart khbar

काठमाडौं । जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने, घृणा–विद्वेष फैलाउने सामग्री टिकटकबाट हटाउने र दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरो लगायत निकायले यस विषयमा सिंगापुरस्थित टिकटक कार्यालयसँग छलफल गरेको छ । सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर ब्यूरोले टिकटक कार्यालयसँग छलफल गरेको हो ।

‘छलफलबाट टिकटक मार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७