सामाजिक सञ्जाल नियमन : बास्कोटाको प्रयास सम्झिँदै झाँक्रीले भनिन्-विरोधीको रोइलो गलत थियो


२४ कार्तिक २०८०, शुक्रबार
baskota jhakri

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका परिमार्जनसहित स्वीकृत गरेपछि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई सम्झिएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत पूर्व सञ्चारमन्त्री बास्कोटाले सामाजिक सञ्जाललगायतका विकृति नियन्त्रणका लागि चार वटा विधेयक ल्याउन खोज्दा संसदमा दर्ता नै गर्न नदिनेहरुको कर्म गलत थियो भन्ने पुष्टि भएको बताएकी हुन् । लोकतन्त्रका नाममा त्यसबेला बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पुष्टि भएको उनको भनाई छ ।

उनले भनेकी छन्, ‘तत्कालीन नेकपा एमालेको सरकारले खास गरी तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले त्यो बेला ल्याउन खोजेका चार वटा सोसल मिडिया, मिडिया काउन्सिललगायतका विधेयकहरू संसदमा दर्ता नै गर्न नदिने, दर्ता भएका विधेयक माथि छलफल नै गर्न नदिने र लोकतन्त्रको नाममा जुन रोईलो भएको थियो नि, म आज सम्झँदैछु । त्यो कर्म गलत थियो । आज समाजलाई जता लैजान खोजिदैछ नि यी सामाजिक सञ्जालमार्फत गम्भिर बनौ है ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७