‘सैनिक डग’ को कला (तस्वीरहरु)


२६ कार्तिक २०८०, आईतवार
dog

काठमाडौं । तिहारको दोस्रो दिन आज (आइतबार) देशभर कुकुर तिहार मनाइँदैछ । यस दिन घरघरमा कुकुरलाई पूजा आराधना गरी मीठो–मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ ।

Dog 2

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ ।
भैरवको बाहनको रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । त्यसबाहेक सुरक्षा निकायले अपराध अनुसन्धान, नियन्त्रण, विपद् खोज उद्धारमा तालिमप्राप्त कुकुर प्रयोग गर्ने गरेका छन् ।

Dg 1

कुकुर तिहारको अवसरमा आज नेपाली सेनाको भैरव बहान गुल्मले ‘सैनिक डग तथा कला प्रदर्शनी’ गरेको छ । गुल्मले तालिम प्राप्त कुकुरहरूको पूजा गर्नुका साथै विभिन्न कला प्रस्तुत गराइको थियो । सेनाले हरेक वर्ष कुकुर तिहारका दिन आफ्ना कुकुरहरुको कला देखाउने गरेको छ ।

Dog 2 1
Dog 3
Dog 4
Dog 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७