माओवादी केन्द्र र नेसपाबीच अघि बढ्यो एकता प्रक्रिया : संयोजक समिति बनाउन सुझाव


३ मंसिर २०८०, आईतवार
prachanda baburam 750

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता वार्ता समितिको बैठक बसेको छ ।
आज (आइतबार) बसेको बैठकमा पार्टी एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भएको माओवादीका उपाध्यक्ष तथा उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपा नेता गंगानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।

बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने काम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय भएको छ ।

यस्तै पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरूमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो विज्ञप्तिमा भनिएको छ ।

दुई पार्टीबीच एकता गर्ने सहमति भए पनि लामो समयदेखि रोकिएर बसेको छ । पछिल्लो समय नेकपा अध्यक्ष डा. बाबुराम भट्टराई माओवादीसँग पार्टी एकताको पक्षमा छैनन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बाबुराम सन्तुष्ट छैनन् । तर, नेसपामा माओवादीसँग एकता गर्ने विषयमा नेताहरुबीच दुई धार हुँदा दबाबमा परेका छन् ।

mao 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७