माओवादीले सार्वजनिक गर्‍यो पार्टीको आधिकारिक वेबसाइट


११ मंसिर २०८०, सोमबार
mao 2

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले पार्टीको आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा सोमवार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको वेबसाइट उद्घाटन गरेका हुन् ।

पार्टीका सूचना र गतिविधि सम्प्रेषणका लागि वेबसाइट सञ्चालनमा ल्याइएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘सीपीएन एमसी डट ओआरजी ’मा पार्टीको इतिहासदेखि पदाधिकारीको विवरण समावेश गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७