एमालेको ‘संकल्प यात्रा’ छिर्‍यो ‘लिम्बुवान’ क्षेत्र, बसन्तपुरमा सभा (तस्वीरहरु)


२८ मंसिर २०८०, बिहीबार
amale 3

तेह्रथुम । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्राअन्तर्गत नेकपा एमालेको तेह्रथुमको बसन्तपुरमा आमसभा शुरु भएको छ । २६ मंसिरमा उदयपुरको घुर्मीबाट कोशी प्रदेश छिरेको एमालेले २८ मंसिरमा ‘लिम्बुवान’ भूमि तेह्रथुममा आमसभा आयोजना गरेको हो ।

amale 1

आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बसन्तपुर पुगेका छन् । एमालेले मंसिर १४ मा बैतडीको झुलघाटबाट सुरु भएको पुष्पलाल मध्य पहाडी मार्ग समृद्धिका सङ्कल्प यात्रा आज तेह्रथुम पुगेको हो । सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी मोरङबाट नेता तथा कार्यकर्ता बिहानैबाट बसन्तपुर पुगेका छन् ।

amale 2

एमालेको सभालाई लक्षित गरी पहिचानवादीहरूले बन्दको आयोजना गरे पनि बसन्तपुरको कार्यक्रममा बन्दको प्रभाव देखिएको छैन । सुनसरी मोरङबाट मात्र ६० वटा वस, ६० वटा कार जिप र तीन सय बढी मोटरसाइकलमा नेता तथा कार्यकर्ता सहभागी भएको नेकपा एमाले प्रसार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले नेता तिवारीले बताए ।
भोजपुरमा ओलीले सुने करुवा व्यवसायीका समस्या
भोजपुर । भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिएकी छन् । उपप्रमुख शेर्पाले करिब चार महिना लगाएर बनेको छ किलोको करुवा पार्टी अध्यक्ष ओलीलाई दिएकी हुन् ।

amale 3 1

करुवा लिँदै खुशी देखिएका अध्यक्ष ओली आजै बिहानै भोजपुरको धातु व्यवसायका लागि चर्चित मानिएको ऐतिहासिक टक्सार बजार पुगे । उनले धातु व्यवसाय सञ्चालनमा देखिएको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए । टक्सारबाट धातु व्यवसायी विस्थापित हुने क्रम बढिरहेको अवस्थामा यहाँ केही मात्र व्यवसायीको अहिले बसोबास रहँदै आएको छ ।

amale
उनले टक्सार बजारका पुराना धातु व्यवसायी बुद्धराज शाक्यसँग भेटेर व्यवसायका बिषयमा कुरा गरे । शाक्यसँग भेटेपछि अध्यक्ष ओलीले भने, ‘मैले भोजपुरमा उपहार पाएको करुवा पनि उहाँले नै बनाउनु भएको रहेछ, यस पेशाका समस्याबारे मैले बुद्धराजजीसँग कुरा गरें ।’ व्यवसायी शाक्यले कांसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउँछन् । करुवा, कलश, कचौरा, गाग्री लगायतका सामान आफूले बनाउँदै आएको उनले बताए । देशका पूर्व प्रधानमन्त्री नै आएर व्यवसायका विषयमा चासो राख्दा आफूमा पनि खुशी छाएको शाक्यले बताए । मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका  लागि संकल्प यात्राका क्रममा भोजपुर आएका ओलीले ऐतिहासिक टक्सार बजारका बिषयमा चासो राखेका हुन् । 

टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, कांसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका नेपाल भित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेका छन् । यतिबेला ती बनाउने कालिगढ विस्थापित भएका छन् । ऐतिहासिक कलामा पोख्त कालिगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ । 
‘कालिगढको अभावसँगै कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन, स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महङ्गो समेत हुने भएकाले पनि टक्सारबाट कालिगढ विस्थापन हुने क्रम बढेको छ’, स्थानीय विमल शाक्यले भने ।
409923209 376327784956099 5978306368202591240 n
409927866 376327431622801 8730094100121816004 n
410021686 376327594956118 487080011290995442 n
409921261 376327498289461 8368565820822760420 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७