राष्ट्रियसभाको सीट बाँडफाँटमा नाउपाको यस्तो दाबी, अरु नियुक्तिमा पनि खोज्यो हिस्सा


२८ मंसिर २०८०, बिहीबार
resham

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले राष्ट्रियसभा सदस्य चुनावमा गठबन्धनबाट कम्तीमा एक सीट हिस्सा खोजेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष, भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सीट बाँडफाँटमा भाग लिन आग्रह गरेका छन् ।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका १९ सिटका लागि निर्वाचन हुँदैछ । गठबन्धन भित्रका नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाबीच भागबण्डाको छलफल चलिरहेका बेला नाउपाले समेत भाग खोजेको छ । नाउपाका प्रतिनिधि सभामा ४, सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको भन्दै हिस्सा पाउनुपर्ने दाबी गरेको छ ।

लुम्बिनी प्रदेश सरकारमा नाउपाको सहभागिताबारे पनि छलफल भएको बताइएको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सीट बाँडफाँटबारे छलफल गरेका हुन् । माघ ११ गते राष्ट्रियसभाका १९ सीटको निर्वाचन हुँदैछ । गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाले मात्र भागबन्डा गर्ने तयारी भइरहेका बेला नागरिक उन्मुक्तिले कम्तीमा एक सीट दाबी गरेको हो ।

नाउपा संरक्षक चौधरीले प्रधानमन्त्रीसँग राष्ट्रियसभा निर्वाचन र लुम्बिनी प्रदेश सरकारको विस्तारबारे छलफल भएको बताए । उनले आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको र उक्त मतभार महत्वपूर्ण भएकाले तीनमध्ये एक प्रदेशमा उम्मेदवारी पाउनुपर्ने बताए ।

नाउपाको सुदूरपश्चिममा ७ प्रदेशसभा सदस्य र ७ जना स्थानीय तहका प्रमुख उपप्रमुख छन् । त्यस्तै लुम्बिनी प्रदेशसभामा ४ र मधेशमा एक जना सांसद छन् । भेटमा लुम्बिनी सरकार विस्तारको अलमल र त्यहाँ उत्पन्न गठबन्धनभित्रकै समस्याबारे समेत छलफल भएको चौधरीले नेपाल प्रेसलाई बताए । नाउपाले सरकारले गर्ने राजनीतिक तथा संवैधानिक नियुक्तिहरुमा समेत गठबन्धनको आकारअनुसार आफूले पनि प्रतिनिधित्व पाउनुपर्ने माग राखेको छ । गठबन्धनमा आबद्ध दलमध्ये नाउपासँग संघीय संसदमा ४ सीट रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७