‘स्केच’ सार्वजनिक गर्दा पनि भएन चितवनमा बोराभित्र भेटिएका महिला–पुरुषको शव सनाखत


१ पुष २०८०, आईतवार
bora sab chitawan

चितवन । गत मंसिर ६ गते बोरामा मृत भेटिएका महिला–पुरुषको शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको ‘स्केच’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ् केन्द्रीय बस टर्मिनल (बसपार्क) सडक खण्डको केरुङगा घोल (खोला) को कल्भर्टमुनि जुटको बोराभित्र दुई जनाको शव भेटिएको थियो ।

अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो । शवको सनाखत नहुँदा घटनाको अनुसन्धानमा समेत समस्या परेको उनले बताए । उनले भने, ‘सनाखत नहुँदा घटनाको दोषीसम्म पुग्न कठिन भएको छ ।’ सनाखतका लागि प्रहरीले ७७ जिल्लामा सूचना पठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७