माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


५ पुष २०८०, बिहीबार
mao baithak

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बिहीबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको हो ।

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले भने उपलब्ध पदाधिकारीहरूसँग अनौपचारिक छलफल गर्न लागेको बताइएको छ । पदाधिकारीको बैठक मंगलबार पनि बसेको थियो । मंगलबारको बैठकमा प्रदेश इन्जार्चहरूले रिपोर्टिङ प्रस्तुत गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बुधबार बस्ने बैठकले विधान सम्मेलन र केन्द्रीय कमिटीको बैठक तय गर्ने तयारी गरिएको थियो ।

तर, समय अभावलाई कारण देखाएर बैठक स्थगित गरिएको थियो । आज बस्ने बैठकले विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने छ । सचिव पौडेलका अनुसार विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक माघभित्र गर्ने गरी प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७