‘क्रस फायरिङ’ बाहेकका हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनको विषय बनाउनु पर्छ : एमाले


६ पुष २०८०, शुक्रबार
mahesh bartaula
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले द्वन्द्वकालमा दोहोरो भीडन्त बाहेकमा हत्या भएका विषयलाई मानव अधिकारको गम्भीर उल्लंघनको रुपमा लिनुपर्ने बताएका छन् ।

आज (शुक्रबार) कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंग्याउँदै गर्दा गम्भीर मानव अधिकार उल्लंघनको विषयलाई कमजोर ढंगबाट बुझ्न नहुने बताए । त्यस्तै विधेयकमा युद्धमा संलग्न बालबालिकाहरुको विषय पनि समेटिनुपर्ने उनले बताए । युद्धमा संलग्न बालबालिकालाई परिपूरण र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । उनले मानव अधिकार उल्लंघनका घटनामा मेलमिलाप हुन नसकेमा अदालती प्रक्रियामा जान सकिने व्यवस्था हुनुपर्ने पनि बताएका छन् ।

सचेतक बर्तौलाले अदालतले गरेका कतिपय फैसलाहरु कार्यान्वयन नभएर पीडितले न्याय नपाएका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले फैसला कार्यान्वयन निर्देशनालयको रिपोर्टअनुसार १ लाख ९ हजार वर्ष कैद असुली गर्नुपर्ने र १९ अर्ब ३८ करोड रुपैयाँ जरिवाना असुली गर्नुपर्ने अवस्था रहेको भन्दै फैसला कार्यान्वयन गराउन सम्बन्धित निकायले पहलकदमी लिनुपर्ने बताए । उनले न्यायालयप्रति आम नागरिकको विश्वास पातलो हुँदै गएको पनि बताए । न्यायालयप्रति नागरिकको न्यायमा पहुँच नपुगेको र सुशासन कायम नभएको टीकाटिप्पणी हुने गरेको भन्दै उनले यसप्रति सबैको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७