राज्यमन्त्री चपाईद्वारा मध्यपहाडी राजमार्गको अनुगमन


८ पुष २०८०, आईतवार
Lok marga bhojpur

भोजपुर । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेका छन् । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गरेकी हुन् ।
राज्यमन्त्री चपाईँले मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न सडकखण्डसँगै दिक्तेल–चखेवा, भोजपुरको चखेवा–लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला किमाथाङ्का सडकखण्डको अवलोकन गर्ने कार्यक्रम छ ।

आज बिहान पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री चपाईले यो क्षेत्रका सडकसँगै मन्त्रालयअन्तर्गत निर्माण भइरहेका अन्य संरचनाको अनुगमन गरिएको बताइन् । अनुगमनपश्चात् यहाँको अवस्था र गर्नुपर्ने कामका विषयमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउने उनले बताइन् ।

‘मन्त्रालयको निर्णयानुसार म यो क्षेत्रको स्थलगत अनुगमनमा निस्केकी हुँ’, राज्यमन्त्री चपाईँले भनिन्, ‘अनुगमनका क्रममा यहाँका धेरै समस्याको पहिचान गरेका छौँ । विकास–निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी ढङ्गले अघि बढाउन हाम्रो मन्त्रालय प्रतिबद्ध छ । यहाँ देखिएका समस्या समाधानका लागि मेरो तर्फबाट पहलकदमी हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७