गृहमन्त्रीले सुन तस्करकै संरक्षण गरेको भन्दै रविले भने–तपाईंको सरकार, तपाईंलाई नै मुबारक


९ पुष २०८०, सोमबार
Rabi lamichhane 1 scaled

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको भन्दै आलोचना गरेका छन् ।

चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाएको बताए । रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसमा आफूलाई चासो नै नभएको बताए ।

चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँग उनले भने, ‘यो सरकार फेरबदल हुनलाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नु पर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला । तपाईंको सरकार तपाईंलाई मुबारक । म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन ।’

Rabi lamichhane 2 1

उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए । आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसङ्ग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे । उनले भने, ‘सबै प्रपन्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीले, गृहमन्त्री ज्यू पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुप¥यो तपाईंले ।’

उनको भनाइ जस्ताको त्यस्तैः

मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ । धेरैले सूचना भएको मान्छेले दिनुपर्छ भन्नुभयो। मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ । मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईँको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ ।

झलकराम अधिकारी उहाँको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ। (रविले प्रमाण देखाउँदै पत्रकारहरूसँग भने)

अहिले छानबिनको लागि जहाँ गएर छापा मारियो। यी सामान छ कि छैन हेर्नुस् । केके सामान गएका छन् । यो काम कसले ग¥यो झलकराम सुवेदीले गर्नुभयो । उहाँ गृहमन्त्रीको नजिकको मान्छे । उहाँलाई यो मोड्नुप¥यो राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो । मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर यी सब चिज देखाए उहाँलाई त गज्जब भयो । उहाँले कारबाही गर्नुहोला भनेको त ।

गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि। उहाँ (गृहमन्त्री) लाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो । उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला। अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।

मलाई त्यसमा कुनै चासो छैन । तपाईँ सम्हाल्नुस् । अहिले मात्रै होइन बाचुन्जेल गृहमन्त्री खानुहोला । भलै तपाईलाई गृहमन्त्री बन्नको लागि चुनाव हारे पनि जित्नु परेन तर म यो देशको सबैभन्दा धेरै मत ल्याएको सांसदको हैसियतले भन्न चाहन्छु गृहमन्त्रीज्यू तपाईँ आफ्नो मान्छेहरूलाई जोगाउनु होला ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७