नेपाल प्रहरीमा तीन डीआईजी थप्न प्रस्ताव


९ पुष २०८०, सोमबार
police head

काठमाडौँ । नेपाल प्रहरीमा तीन डीआईजी पद थप गर्न प्रस्ताव गरिएको छ । प्रहरीको प्राविधिकतर्फ तीन वटा डीआईजीको पद थप्न प्रस्ताव गरिएको हो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ, नेपाल प्रहरी केनाईन महाशाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि डीआईजी राख्न प्रस्ताव गरिएको छ।

डीआईजी थपका लागि गृहमन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । ‘तीन वटा विभागका लागि डीआईजी थपको प्रस्ताव भएको छ, ‘गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘यी प्रस्तावहरू छलफलमै छ ।’ साइबर ब्युरोमा साइबर हेर्ने गरी एसएसपी नबिन्द अर्याललाई डीआईजी बनाउन यो पदको प्रस्ताव गरिएको आरोप आईजीपी बसन्त कुँवरमाथि लागेको छ । यहाँ उनको प्रतिस्पर्धामा कोही पनि प्रहरी अधिकारी नै छैनन् । उनलाई बढुवापछि सीआईबीमा ल्याउने तयारी कुँवरको छ ।

त्यस्तै केनाईन मशाखामाकी एसएसपी डा.देउती गुरुङलाई डीआईजी बनाउनकै लागि नयाँ पदको प्रस्ताव गरिएको आरोप पनि कुँवरमाथि लागेको छ । यहाँ पनि गुरुङको प्रतिस्पर्धामा कोही पनि प्रहरी अधिकारी छैनन् । प्रहरी केन्द्रीय कार्यालय स्रोतका अनुसार अहिलेसम्म अर्थ मन्त्रालयले साइबर र केनाईन महाशाखामा डीआईजी पद थप गर्नका लागि गृह मन्त्रालयलाई सहमति दिइसकेको छ । केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीआईजी थप गर्ने प्रस्ताव भने छलफलकै क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७