गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाको प्रदर्शन


१४ पुष २०८०, शनिबार
ra

काठमाडौं । बालकुमारी घटनाका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदर्शन गरेको छ ।

शनिबार ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।
रास्वपाकी नेतृ तथा सांसद तोषिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुँदा हुँदै पनि युवाहरुले गरेको प्रदर्शनमा गोली चलाउनु दुःखद भएको बताइन् । उनले दुई युवाहरुको हत्या घटनाको रास्वापाले घोर भत्र्सना गरेको उल्लेख गरिन् । उक्त घटनामा गृहमन्त्रालयले छानविन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन् ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्री ज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’, नालायक सरकार राजीनामा दे, मृतकलाई सहीद घोषणा गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७