राष्ट्रिय सभा निर्वाचन : सिटौलाले दर्ता गराए उम्मेदवारी


२३ पुष २०८०, सोमबार
krishna prasad sitaula

मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज (सोमबार) बिहान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् । गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् । सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७