वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले नक्कली बुबा बनेर नागरिकता दिलाएको खुलासा


२४ पुष २०८०, मंगलवार
rajesh

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बुबा बनेर नागरिकता दिलाएको रहस्य खुलासा भएको छ । उनले एक युवतीलाई नक्कली बुबा बनेर नागरिकता दिलाएको खुलेको हो ।

सिंहका एक जना मात्रै सन्तान छोरा रहेकामा उनले वडादेखि जिल्ला प्रशासन कार्यालयसम्मको मिलेमतोमा युवतीलाई छोरी बनाएर नागरिकता दिलाएको खुलासा पाइएको हो । सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट रूबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएका हुन् । सिंहले नागरिकता दिलाएकी युवती अहिले विदेशमा छिन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा २०७५ साउन १३ गते लिइएको नागरिकतामा सिंहले सनाखत गरेका छन् ।

सनाखतका बखत नागरिकता लिनेको औँठा छापसँगै रुबिनाको तस्विर पनि राखिएको छ । उक्त नागरिकता तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले जारी गरेका हुन् । सिंह वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएर आएपछि कीर्ते लुकाउन वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मका लिखत नै गायब पारेको समेत खुल्न आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७