छोरीसँगको फोटोले आमिर खान ट्रोलको शिकार


१७ जेष्ठ २०७५, बिहीबार
images cms image 000048954

काठमाडौं, १७ जेठ । विवादबाट टाढै बस्न रुचाउने बलिउडका सुपरस्टार आमिर खान एउटा फोटो पोष्ट गरेका कारण ट्रोलको शिकार भएका छन् ।images cms image 000048954

उनले आफ्नो परिवारसँग रमजानका फोटोहरु फेसबुकमा शेयर गरेका छन् । जसमध्ये एक फोटोमा उनी आफ्नी छोरी इरा खानसँग बगैंचामा रमाइरहेको फोटो छ । तर, उनका केही फ्यानहरुले यस फोटोलाई लिएर उनको चरित्रमाथि नै औंला उठाइरहेका छन् ।aa 1

छोरी र बाबाको सम्बन्धमाथि नै विभिन्न नकारात्मक टिका टिप्पणी कमेन्टमा देख्न सकिन्छ । विभिन्न नकारात्मक प्रतिक्रिया यस फोटोले पाइरहँदा केहीले यस फोटोलाई रमजानको महिना चलिरहेको बेला यस्तो उत्तेजक क्रियाकलाप गरेको भनेर आरोप लगाएका छन् । फेसबुकको प्रतिक्रियामा उनलाई निकै नै गालीगलौजको समाना गर्नुपरेको छ, केही प्रतिक्रिया त यस्ता छन् जसले तपाईलाई आश्चर्यचकित नै तुल्याई दिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७