राष्ट्रपतिको आग्रह : जनता पछि फर्कन चाहेका छैनन्, संविधानको सार्थक कार्यान्वयन गरौं


१ माघ २०८०, सोमबार
ramchanda

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । आज (सोमबार) शीतल निवासमा संसदीय दलका नेताहरूलाई माघे संक्रान्तिको शुभकामना दिँदै उनले संविधान व्यवहारमा ल्याउनुपर्ने बताए ।

‘संविधान कार्यान्वयनमा ल्याउन आवश्यकता छ । व्यवहारमा ल्याउनु पर्‍यो’, उनले भने, ‘पीडित, उपेक्षित वर्गलाई अधिकार दिइएको छ । त्यो सार्थक हुनुपर्‍यो ।’ उनले व्यवहारमा उतार्नका लागि कानुन बनाउनुपर्ने बताए । ‘संविधानले जुन परिकल्पना गर्‍यो । त्यसलाई कानुनद्वार व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । ती कानुन निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ’, पौडेलले भने ।

उनले जनताले जे पाइएला भन्ने आशा गरेका छन् त्यसलाई निराशामा परिणत नगर्न आग्रह गरे । ‘निराशाका कुरा आएका छन् । यो (संविधान) कार्यान्वयनको कमीले हो । अब पछाडि फर्कन कोही जनता चाहँदैनन्’, राष्ट्रपति पौडेलले भने । जनताका चाहना अघि बढ्ने नै रहेको उनको भनाइ छ । समावेशी लोकतन्त्र साकार पारेर छाडिने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७