अब फेरि नेताका टाउका जोड्ने गल्ती गर्दैनौं : महासचिव पोखरेल


५ माघ २०८०, शुक्रबार
shankar pokharel
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताका टाउको जोडेर बनाएको नेकपा नटिकेपछि फेरि त्यही गल्ती नदोहोर्‍याउने बताएका छन् ।

पार्टी कार्यालय च्यासलमाा आयोजित कार्यक्रममा बोल्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनालको अवसरवादको शिकार हुँदा नेकपा नटिकेको आरोप समेत लगाए ।
पोखरेलको सम्वोधन
अब हामीले राजनीतिक ध्रुविकरणको यात्रा तय गर्नुपर्छ। एक समय हामीले एउटा प्रयोग गर्यौं नेतृत्वलाई जोडेर पार्टीलाई बलियो बनाउन नेकपा बनायौं । तर, सफल हुन सकेन। यद्यपी, हाम्रो प्रयास मुलुकमा बलियो कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने र समाजवाद निर्माणको आधार तयार गर्ने उद्देश्य अन्तर्गत हामीले एकता गरेका थियौं ।

तर, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल जस्ता व्यक्तिहरु राजनीतिक अवसरवाद सिकार हुँदा नेकपा निर्माणको हाम्रो सदासयता दुर्घटनामा पर्यो । अहिले पनि कतिपयले भन्ने गर्नुहुन्छ त्यो दुर्घटनाबाट आन्दोनलाई जोगाउने हो भने फेरि एकताको बाटो अबलम्बन गर्नुपर्छ भन्ने गर्नुहुन्छ ।

तर, अब हामीले फेरि वामपन्थी एकता भनेर नेताका टाउको जोड्ने प्रयत्न गर्यौं भने कुनै सान्दर्भिकता हुँदैन । त्यसले कुनै राष्ट्रिय सामर्थको शक्ति निर्माण गर्न सक्दैन । त्यस अर्थमा अब नेताका टाउका होइन कार्यकर्ताको मन जोड्नुपर्छ । त्यही अभियानमा अहिले तपाईंहरु एमालेमा जोडिनु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७