प्रधानमन्त्री युगाण्डा भ्रमणबाट आज ९ बजे स्वदेश आइपुग्ने


७ माघ २०८०, आईतवार
pm 1

काठमाडौँ । युगान्डा भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आइतबार) स्वदेश फर्कदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौं फर्किने छन् ।

गत माघ ४ गते युगाण्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएका थिए । प्रधानमन्त्री दाहाल राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेका छन् । दोहाबाट नेपाल फर्किन लागेका उनी आज बिहान ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

त्यहाँ रहँदा उनले सम्मेलनलाई सम्बोधन गर्नुका साथै नेपाली नागरिकहरूसँग अन्तरक्रिया पनि गरेका थिए । साथै विभिन्न मुलुकका प्रमुखहरूसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहालसँगै परराष्टर्मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री गंगा दाहाल लगायतको टोली युगान्डा पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७