महानगर प्रहरीले हातपात गरेको भन्दै काठमाडौं मलका व्यावसायीको प्रदर्शन


८ माघ २०८०, सोमबार
hatpat

काठमाडौँ । काठमाडौं महलका व्यवसायीहरूले काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भई प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरूले आफूहरू सञ्चय कोषको काठमाडौं महलको ग्राउन्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरूलाई महानगरपालिकाले नगर प्रहरी लगाएर अपमान गरेको बताएका छन् । व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले व्यवसायीहरूलाई अपमान गरेको बताए । उनले महानगरले अदालतको आदेश विपरीत व्यवसायीहरूमाथि धरपकड गरेको बताए ।

त्यस्तै काठमाडौं महल सञ्चयकोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरूलाई आतंककारी शैलीमा धरपकड गरेको बताएका छन् । उनले महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरूमाथि हातपात गरेको आरोप बताएका छन् । त्यस्तै अर्का व्यवसायी मुरारी कोइरालाले सञ्चयकोषको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरू व्यवसाय गर्दै आइरहेको तर महानगरपालिकाले फुटपाथ व्यापारीहरूलाई गरेको भन्दा बढी ज्यादती गरेको बताए । उनीहरुले महानगर र सञ्चयकोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७