कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु, २७ घाइते


१३ माघ २०८०, शनिबार
kango
तस्वीर : फाइल

काठमाडौं । उत्तरी कंगोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ ।

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले विद्रोही लडाकुहरूले म्वेसो शहरमा मोर्टार बम प्रहार गरेको बताएका छन् । हमलामा २७ सर्वसाधारण पनि घाइते भएका छन् । माघ ११ बिहीबार साँझको आक्रमणपछि सर्वसाधारणले म्वेसोको सरकारी अस्पतालमा शरण लिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७