त्रिभुवन आर्मी क्लव संकटालाई हराउँदै आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा


१५ माघ २०८०, सोमबार
Aaha rara
तस्वीर सौजन्य : सुदर्शन रञ्जित

पोखरा । डिफेन्डिङ च्याम्पियन संकटा फुटबल क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव २३औं संस्करणको आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा आइतबार ३–० गोल अन्तरले संकटालाई पराजित गर्दै आर्मी सेमीफाइनलमा पुगेको हो । आर्मीको जितका लागि दिनेश हेमजङ र जिलेप्सी जंग कार्कीले गोल गरेका थिए । जिलेप्सीजंगले पहिलो हाफको अन्तिममा पहिलो गोल गर्दै आर्मीका लागि खाता खोलेका हुन् । ४५औं मिनेटमा कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसलाई हेडमार्फत गोल गर्न सफल भए ।

त्यस्तै खेलको ४९औं मिनेटमा दिनेशले टिमका लागि दोस्रो गोल गरे । उनको बल रोक्ने प्रयासमा संकटाका खेलाडी कुलदिप कार्कीले ह्याण्ड गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीलाई दिनेशले गोलको रुपमा परिणत गर्दै खेल २–० मा पुर्‍याए । त्यस्तै खेलको ७६औं मिनेटमा जिलेप्सीजंगको पासमा दिनेशले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई सहज रुपमा सेमीफाइनलको यात्रा तय गराए ।

आहा रारा गोल्डकपको इतिहासमा नेपाल आर्मी तीन पटक उपाधि नजिक पुगेको छ । तर, उपाधि जित्न भने पाएको छैन । प्रतियोगिताको सातौं, आठौं र १७ औं संस्करणमा आर्मी तीन पटक उपाधि नजिक पुगेको छ । त्यस्तै ११औं र १८औं संस्करणमा आर्मीले अन्तिम चारको यात्रा तय गरेको छ । २३औं संस्करणमा नवप्रवेशी टिम राइजिङ स्टार क्लबलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको आर्मीले अब सेमीफाइनलमा चर्च ब्वाइज र एपीएफ क्लबबीच हुने खेलका विजेतासँग माघ १८ गते खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७