पोखरामा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु


१६ माघ २०८०, मंगलवार
latest News nayapage1 scaled

पोखरा । कास्कीको पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इन्जिनियरको ज्यान गएको छ । आज (मंगलबार) दिउँसो पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको पाँचौं तलाको लिफ्टबाट खस्दा कास्कीको पोखरा महानगरपालिका–८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो ।

दिउँसो १ बजेतिर तातो पानीको लागि सर्वे गर्ने क्रममा लिफ्टबाट अचानक खसेर गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । उनलाई साढे २ बजेतिर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । इन्जिनियर भट्टराई पोखरा महानगरपालिका–९ न्युरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७