पुलिसलाई हराउँदै चर्च ब्वाइज क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा


१६ माघ २०८०, मंगलवार
Aaha rara scaled
पोखरा रङ्गशालामा जारी आहा ! रारा पोखरा गोल्डकपमा मङ्गलबार भएको अन्तिम क्वार्टरफाइन खेलमा चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको फुटबल प्रतिस्पर्धा । तस्बिर : राधिका कँडेल/रासस

पोखरा । नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज क्लब २३ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
आज (मंगलबार) पोखरा रंगशालामा भएको खेलमा विभागीय टिम पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चर्च ब्वाइजले दोस्रो हाफमा गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितमा समिर तामाङ नायक बने । खेलको ७२औं मिनेटमा समिरले गरेको गोल नै निर्णायक बन्यो ।

चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७