चितवनको माडीमा सालनालसहित नवजात शिशुको शव फेला


१७ माघ २०८०, बुधबार
death child

चितवन । चितवनको माडीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । माडी–७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपूर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७