जोर्डन एशियन कपको सेमिफाइनलमा


२० माघ २०८०, शनिबार
jordan

काठमाडौं । जोर्डन एशियन कपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न क्वार्टर फाइनल खेलमा जोर्डनले ताजिस्किस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

जोर्डनको जितमा खेलको ६६औ मिनेटमा ताजिकिस्तानका भाख्दत खानोनोभले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब जोर्डनले सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै हारसँगै ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७