एमाले संसदीय दलको बैठक बस्दै, के–के छन् एजेण्डा ?


२० माघ २०८०, शनिबार
amale

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । शनिबार मध्याह्न १२ बजे पार्टी कार्यालयमा सुरु हुने बैठक आइतबार पनि बस्ने छ ।

आज र भोलि दुई दिन बस्ने बैठकमा आगामी संसदमा एमालेले खेल्ने भूमिकाबारे बृहत रुपमा छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिए । अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा एमालेले छलफल गर्न लागेको हो ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । त्यसअघि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७